Logo

टोकियो ओलम्पिकः फुटबलमा ब्राजिल, कोरिया, न्युजिल्यान्ड र आइभोरीकोष्ट क्वाटरफाइनलमा



एजेन्सी, १३ साउन । टोकियो ओलम्पिकमा पुरुष फुटबलतर्फ जर्मनी समूह चरणबाट बाहिरिएको छ । आज आइभोरी कोष्टसँग १-१ को बराबरीमा रोकिएपछि जर्मनी क्वाटरफाइनलमा पुग्नबाट रोकिएको हो ।

समूह डी मा ब्राजिल साउदी अरबमाथि ३-१ को जीत निकाल्दै शिर्ष स्थान बनाएर अघिल्लो चरणमा पुगेको छ । आइभोरी कोष्ट पनि अघिल्लो चरणमा पुगेको छ ।

समूह बी बाट दक्षिण कोरिया र न्युजिल्यान्ड अघिल्लो चरणमा प्रवेश गर्न सफल भएका छन् । दक्षिण कोरियाले होन्डुरसबाट ६-० को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

न्युजिल्यान्डले रोमानियालाई गोलरहित बराबरीमा रोकेर समूह डीमा उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।



प्रतिक्रिया दिनुहोस्