Logo

निकटस्थ सांसद ‘देउवा सरकारमा जाऔं’ भन्ने, माधव नेपाल ‘सासद गुम्ला’ भन्ने



काठमाडौं, १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन इच्छुक छैनन् । उनले आफूसहित २२ सांसदबीच राखेको छलफलमा सरकारमा जान हतार नगर्न आग्रह गरेका छन् ।

नेपालले आफूलाई साथ दिने सांसदहरुलाई मुटु दरिलो बनाएर उभिन समेत आग्रह गरेको बुझिएको छ । उनले धैर्यताका साथ केपी शर्मा ओलीसँग लड्नुपर्नेमा जोड दिइरहे । छलफलमा सहभागी एक सांसदका अनुसार नेपालले सरकारमा जाँदा सांसद पद नै गुम्नसक्नेतर्फ सचेत गराएका थिए । उनले धैर्यतापूर्वक अडिएमा ओलीलाई एमालेभित्रै परास्त गर्न सकिने समेत विश्वास दिलाएका थिए ।

ओलीनिकट अधिकांश सांसदहरुले भने फरक तरिकाले बढ्नुपर्ने र देउवा नेतृत्वको सरकारमा सहभागी हुन जोड दिएका थिए । सरकारमा नगए झन् कमजोर भइने सम्मको विषय केही सांसदले राखेका थिए ।

यसअघि नेता नेपालले आफूपक्षीय नेता कार्यकर्तासँगको छलफलमा पनि दरिलो भएर उभिन आग्रह गरेका थिए । उनले पछिल्लो समय विभिन्न प्रस्ताव अगाडि सारेर एमाले एकतामा जोडबल गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्