Logo

मन्त्रालय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन



काठमाडौं, साउन १४। मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव बैठकमा बुधबार उनले यस्तो निर्देशन दिएका हुन् ।

वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न निर्णयसहित कार्यान्वयन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए । बैठकमा विगतमा निर्णय र कार्यान्वयनबारे व्यापक समीक्षा गरिएको पनि उनले जानकारी दिए ।

बैठकमा मुख्य सचिव वैरागीले सिंहदरबारभित्रका निकायमा साउन मसान्तभित्र बाहिरका निकाय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न विशेष निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन हुने राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजनालगायत प्राथमिकता प्राप्त आयोजनाको वार्षिक कार्यान्वयन कार्ययोजना समयमै तयार गरी कार्यान्वयन गर्न र गराउनसमेत उनले निर्देशन दिएका छन् ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन अवस्था र सरकारी तथ्यांक तथा डाटावेस सुरक्षा संवेदनशीलता विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रस्तुतिकरण गरिएको छ ।

समीक्षक्रममा सिंहदरबार प्रवेश थप व्यवस्थित बनाउने, विभिन्न मन्त्रालय तथा निकायको गत आर्थिक वर्षमा निर्धारित माइलस्टोन र क्रियाकलाप प्रगति स्थितिबारे पनि छलफल भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्