Logo

आव विश्व बाघ दिवसः बाघ संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको आह्वान



काठमाडौं, साउन १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति संरक्षणमा विशिष्टीकृत योगदान पु(याउने बाघलाई लोप हुनबाट रोक्न मानव मात्रको साझा कर्तव्य भएको हुँदा बाघको संरक्षण कार्यमा लाग्न सम्बद्ध सबैलाई आह्वान गरेकी छन् ।

विश्व बाघ दिवसको अवसरमा राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा ‘प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस’ उल्लेख छ । यस वर्ष ‘बाघको अस्तित्व ः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ विश्वभरि बाघ दिवस मनाइँदैछ ।

राष्ट्रपतिको सन्देशमा भनिएको छ, “जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।”



प्रतिक्रिया दिनुहोस्