Logo

टोकियो ओलम्पिकको शिर्ष स्थानका लागि अमेरिका, चीन र जापानबीच कडा प्रतिष्पर्धा



एजेन्सी, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा अमेरिका, चीन र जापानबीच तिव्र प्रतिष्पर्धा देखिएको छ । बिहिबार विहानसम्म तीनवटै देशले समान १३ वटा स्वर्ण पदक जितेका छन् ।

अमेरिकाले १३ स्वर्ण १२ रजत र १० काँस्यसहित शिर्ष स्थान बनाएको छ । चीनले १३ स्वर्ण, ६ रजत र ९ काँस्यसहित दोस्रो र जापानले १३ स्वर्ण, ४ रजत र ५ काँस्य जितेर तेस्रो स्थान बनाएको अवस्था छ ।

रुसले ७ स्वर्ण, ११ रजत र ७ काँस्य जितेको छ । आज थप १७ स्वर्णक लागि प्रतिष्पर्धा हुँदैछ । जिम्न्यास्टिक, फेन्सिङ, जुडो, रोइङ, सुटिङ, स्विमिङ, टेबलटेनिसलगायतमा स्वर्णका लागि प्रतिष्पर्धा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot