Logo

मन्त्रीको टुंगो लगाउन देउवा-प्रचण्ड भेटवार्ता



काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारका बाले छलफल भएको बुझिएको छ ।

भेटमा माओवादीबाट मन्त्री बन्ने थप नामबारे कुराकानी भएको थियो । आज या भोलिभित्र मन्त्रिमण्डल विस्तारको तयारीमा देउवा छन् । उनले प्रचण्ड र उपेन्द्र यादवलाई नाम दिन भनिसकेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले थप नामबारे छलफल गरेको बुझिएको छ । माओवादीबाट अहिले अर्थमा जर्नादन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री छन् । माओवादीबाट अझै ४ या ५ जना मन्त्री बन्ने बुझिएको छ ।

जसपाबाट ४ या ५ जनाले मन्त्री पाउने सम्भावना छ । जसपाले पनि आजै मन्त्रीको सुची दिने बुझिएको छ ।

गठबन्धनको नेकपा एमालेको माधवकुमार नेपाल पक्ष भने तत्काल सरकारमा नजाने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्