Logo

आज ३ सयले बढ्यो सुनको मुल्य



काठमाडौं, १४ साउन । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मुल्य आज ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसैगरी, चाँदीको मुल्य आज १२ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्