Logo

काँग्रेसबाट यी सांसद मन्त्री बन्दै



काठमाडौं, १४ साउन । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै पक्षलाई मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालाई समेत सहमतिमा ल्याएर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीमा सुजाता कोइरालाको नाम तय भइसकेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार कोइराला परिवारको साथ लिन देउवाले सुजातालाई परराष्ट्रको जिम्मेवारी दिने भएका हुन् । डा. सशांक कोइराला र डा. शेखर कोइरालाले पनि सुजातालाई नै सरकारमा लाने पक्षमा देखिएका छन् ।

पौडेल पक्षबाट तेजुलाल चौधरी मन्त्री बन्ने निश्चितप्रायः भएको छ । उनी सप्तरी ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सिटौला पक्षबाट उमाशंकर चौधरी मन्त्री बन्ने सुचीमा छन् । उनी बारा १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

देउवानिकट भएका डा. नारायण खड्का र पुष्पा भुसाल पनि सम्भावित मन्त्री हुन् । खड्काले विकासे मन्त्रालय पाउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्