Logo

देउवाले ‘सुन्य समय’ भन्दै डेढ वर्ष महाधिवेशन सार्ने गोकुल बाँस्कोटाको ठोकुवा



काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन सार्ने ठोकुवा गरेका छन् । उनले देउवाले महाधिवेशन डेढ वर्ष सार्ने वा वडा र जिल्ला तहको अधिवेशन नगरी सिधै महाधिवेशन गर्ने ठोकुवा गरेका हुन् ।

काँग्रेसले सुन्य समयको प्रबन्ध मिलाउन खोजिरहेको समेत तर्क गरेका छन् । कोरोना भाइरसको संक्रमणकाललाई सुन्य समय मानेर राजनीतिक दलहरुले महाधिवेशन ५ वर्षभित्र गर्नुपर्नेमा डेढ वर्षलाई गणना नगर्ने बनाउन खोजिरहेको चर्चा चलिरहँदा बाँस्कोटाको भनाई सार्वजनिक भएको हो ।

बाँस्कोटाले भनेका छन्,‘काँग्रेस सुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढवर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ । तर पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्छ । देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछ ?’



प्रतिक्रिया दिनुहोस्