Logo

जसपाको भागमा ७ मन्त्रालय, क–कसलाई पठाउने भन्नेबारे छलफल



काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी हुँदैछ । गठबन्धनको बैठकमा जसपालाई ७ मन्त्रालय दिने सहमति भएपछि अहिले जसपाको कार्यकारिणी समितिको बैठकले मन्त्री क–कसलाई बनाउने भन्नेबारे छलफल जारी छ । नेकपा (एमाले) को माधव नेपाल समूहबिनै प्रधानमन्त्री शेरबहादुर देउवाले आज÷भोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

नेपाल पक्षलाई संवैधानिक तथा राजनीतिक नियुक्ती दिईने सहमति भएको छ । नेपाल पक्षले तत्काल सरकारमा सहभागी नहुने जवाफ दिएपछि देउवाले प्रधानमन्त्रीसहित आफ्नो पार्टीको भागमा ८, माओवादी केन्द्र र जसपालाई ७÷७ वटा मन्त्रालय दिने सहमति भएको हो ।

अब हुने मन्त्रिपरिषद विस्तारमा कांग्रेसबाट उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीमा सुजाता कोइरालालाई ल्याउने लगभग निश्चित् भएको छ । कोइरालासँगै कांग्रेसबाट अब मन्त्री बन्नेमा उमाकान्त चौधरी, तेजुलाल चौधरी, सञ्जय गौतम, पुष्पा भुषाल र डा. नारायण खड्काको नाम चर्चामा छ ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै सरकारमा सहभागी हुने चर्चा छ । उनीसँगै महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, रेणु यादव, डा. सुरेन्द्र यादवलगायतको नाम चर्चामा छ । माओवादी केन्द्रबाट भने देवेन्द्र पौडेल, अमनलाल मोदी, मात्रिका यादव, शिवकुमार मण्डल, हरिबोल गजुरेललगायतको नाम चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्