Logo

चीनमा अर्बपति तारोमा, यी धनाढ्यलाई १८ वर्ष कैद सजाए



एजेन्सी, १४ साउन । चीनमा अर्बपतिहरु धमाधम तारोमा पर्न थालेका छन् । विभिन्न अभियोगमा उनीहरु जेल पर्न थालेका हुन् । चिनियाँ अर्बपति सुन दावलाई चीन सरकारले १८ वर्ष कैद सजाय तोकेको छ ।

दावले विगतमा मानव अधिकार र राजनितिबारे बोल्दै आएको कारण उनलाई १८ वर्षको कैद चीन सरकारले सुनाएको बताइएको छ । ६७ वर्षीय अरबपति सुन दाव चीनको अत्याधिक ठूलो कृषि फार्मका सञ्चालक हुन् । उनले विगतमा मानव अधिकारको विषय उठाएर तरंग ल्याएका थिए । उनका ती विचार अभियन्ताको रुसमा देखापरेको कारण उनलाई १८ वर्ष कैदको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनले त्यसबाहेक अनौपचारिक रुपमा जग्गा कब्जा गरेको र स्टेट एजेन्सीको विरुद्धमा स्थानीय बासिन्दालाई भड्काइरहेको र सरकारी कामकाजलाई अवरोध पुर्याएको आरोप लागेको थियो ।

अर्बपति दाव केही चिनियाँ प्रख्यात नेताहरुसंग संलग्न रहेको र सरकारी नितीलाई आलोचना समेत गरिरहेको पाइएको थियो । सन् २०१९ मा देखापरेको अफ्रिकि स्वाइन फ्लूको दोष समेत सरकारमाथि उनले लगाएका थिए । चीन सरकारविरुद्ध सामाजिक अभियान सुचारु गर्न उनले नागरिकसँग रकम उठाएको कारण उनलाई सन् २००३ मा समेत जेल सजाए भएको थियो । उनले निरन्तर आफूमाथि लगाएको आरोप गलत हो भन्दै आएका छन् ।

दावको भनाईलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘ म माथि लगाएको आरोपको छानविन निकायले गरिरहेको छ । आफूमाथि लगाइएको आरोपको सजाए भोग्न तयार छु । तर, म जस्तै किसिमका सजाए भोगिरहेको व्यक्तिहरुलाई रिहा गर्नुपर्छ । हामी यस्ता व्यक्ति हौँ जसले समाजका लागि योगदान दिएका छौँ ।’ चीन सरकारले अहिले ठूला कम्पनीहरुमाथि अनुसन्धान र छानबिन थालेको छ । यसक्रममा अलिबाबा, दिदि र ट्यानसेन्ट जस्ता ठूला कम्पनीहरु तारोमा परेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्