Logo

माधव नेपाल पक्षबिना नै मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेसले ८, माओवादी केन्द्र र जसपाले पाए ७/७ वटा मन्त्रालय



काठमाडौं, १४ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबिना नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डासमेत लगाईएको छ । गठबन्धनमा भएको सहमतिअनुसार प्रधानमन्त्रीसहित कांग्रेसले ८ मन्त्रालय, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालले भने ७/७ वटा मन्त्रालय पाउने छन् ।

प्रधानमन्त्री देउवाले आज/भोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसको लागि उनले माओवादी केन्द्र र जसपासँग मन्त्रीको नामसमेत मागिसकेका छन् । अहिले जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाउन अन्तिम छलफलमा जुटेको छ । गठबन्धनको बैठकमा जसपालाई ७ मन्त्रालय दिने सहमति भएपछि अहिले जसपाको कार्यकारिणी समितिको बैठकले मन्त्री क–कसलाई बनाउने भन्नेबारे छलफल जारी छ । नेकपा (एमाले) को माधव नेपाल समूहबिनै प्रधानमन्त्री शेरबहादुर देउवाले आज÷भोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

नेपाल पक्षलाई संवैधानिक तथा राजनीतिक नियुक्ती दिईने सहमति भएको छ । अब हुने मन्त्रिपरिषद विस्तारमा कांग्रेसबाट उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीमा सुजाता कोइरालालाई ल्याउने लगभग निश्चित् भएको छ । कोइरालासँगै कांग्रेसबाट अब मन्त्री बन्नेमा उमाकान्त चौधरी, तेजुलाल चौधरी, सञ्जय गौतम, पुष्पा भुषाल र डा. नारायण खड्काको नाम चर्चामा छ । file photo



प्रतिक्रिया दिनुहोस्