Logo

जसपाबाट उपेन्द्र यादवसहित यी सांसद मन्त्री बन्ने



काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ७ मन्त्री पाउने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने भएको छ ।

जसपाको विश्वस्त स्रोतका अनुसार यादव उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जान लागेका हुन् । उनले आफूलाई कठिन घडीमा साथ दिने सांसदहरुलाई प्राथमिकतामा राखेर सरकारमा लान लागेका छन् ।

महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राइ, राजेन्द्र श्रेष्ठ, डा. सुरेन्द्र यादव पनि मन्त्री बन्ने सुचीमा छन् । महिलाबाट प्रमिला यादव र रेणु यादवमध्येबाट मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।

अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारको पक्षमा खुलेर देखिएका १९ मध्येबाट विगतमा हस्ताक्षरकर्ता १३ जनाबाट मन्त्री चयन गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्