Logo

प्रधानमन्त्री देउवालाई काबिल र समर्पित सहयोगी राख्न माधव नेपालको सुझाव



काठमाडौं, १४ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना सहयोगी काविल, समर्पित र सिर्जनात्मक क्षमता भएकालाई राख्न सुझाव दिएका छन् । आज (बिहीबार) विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित राष्ट्रिय बाघ संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘वातावरण संरक्षणको क्षेत्रमा काम भएका छन् । मलाई त कताकता आनन्दको अनूभूति हुन्छ । गौरवबोद्यपनि हुन्छ । यी सबै कुरा सम्भव हुने थिएन, यदि मैले राम्रो सहयोद्धा नपाएको भए । त्यसो भएको हुनाले प्रधानमन्त्री भएर मात्रै पर्याप्त हुँदैन्, सहयोगीहरु पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित चाहिन्छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्