Logo

३ केजी यार्सागुम्बा सहित युवक पक्राउ



दार्चुला, १४ साउन । ३ केजी यार्सागुम्बा सहित युवक पक्राउ परेका छन् । दुहु गाउँपालिका ३ तिमुरपाटाबाट ३ केजी अबैध जडिबुटी यार्सागुम्बा सहित ब्यास गाउँपालिका ३ सिना बस्ने २४ वर्षीय ग्रेस सिंह कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सदरमुकाम खलङगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बा सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

बरामद यार्सागुम्बा सहित उनलाई आवश्यक कारबाहीको लागि अपिनाम्पा संरक्षण क्षेत्र दार्चुला पठाएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्