Logo

हेटौडाबाट ८० केजी गाँजा सहित दुई पक्राउ



काठमाडौं, १४ साउन । अवैध ८० केजी गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ बाट करिब ८० केजी अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका ६ बस्ने ४३ वर्षीय ललित तामाङ र चितवन भरतपुर महानगरपालिका २० चनौली बस्ने ३८ वर्षीय रोशन परियार रहेका छन् ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.११ च ९५०९ नम्बरको स्कारपियोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कारपियोको पछाडि भागमा लुकाई ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी स्कारपियो चालक रोशन र स्कारपियोमा सवार ललितलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्