Logo

इन्भेष्टमेन्ट र हिमालयन बैंकको सेयर कारोबार रोक्का



काठमाडौं, १४ साउन । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको जनाएको छ ।

दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै दुई कम्पनीको हाल (नेप्से) ले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेको अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम आज गत बैशाख ३१ गतेबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

असोजमा एकिकृत कारोबार भएपछि मात्रै बैंकको सेयर कारोबार फुकुवा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्