Logo

टोकियो ओलम्पिकमा चीन शिर्ष स्थानमा, जापान र अमेरिका पछ्याउँदै



काठमाडौं, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा उक्लिएको छ । छैंठो दिन पुग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ काँस्यका साथ शिर्ष स्थान बनाएको हो ।

समान स्वर्णका साथ जापान दोस्रो स्थानमा छ । उसले ४ रजत र ६ काँस्य जितेको छ । अमेरिका १४ स्वर्ण, १४ रजत र १० काँस्यका साथ तेस्रो स्थानमा छ ।

रुस र अष्ट्रेलियाले ८–८ स्वर्ण जितेका छन् । बेलायतले ५ स्वर्ण जितेको छ । कोरियाले ४ स्वर्ण जितेको छ ।

दक्षिण एशियाली देशहरुमा भारतले एक रजत जितेको छ ।



प्रतिक्रिया दिनुहोस्