Logo

पुनर्बहाली माग गर्दै दुई सांसद सर्वोच्चमा



काठमाडौं, साउन १५ । पार्टी परिवर्तनपछि बर्खास्तीमा परेका लुम्बिनी प्रदेशका दुई सांसद सर्वोच्च अदालत पुगेका छन्। माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पदबाट हटाइएका प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। नेपालको संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरूलाइ प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै उनीहरूले सर्वोच्चमा निवेदन दिएका हुन्।

गत फागुनदेखि नै माओवादी केन्द्र छाडेर एमालेमा सक्रिय भएका पन्थी र न्यौपानेले अहिले भने आफूहरू माओवादीमै रहेको भन्दै सदस्य पद बचाइदिन सर्वोच्चमा अपिल गरेका हुन्। फागुन २३ मा सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्रलाई अस्तित्वमा ल्याइदिएपछि दुवैजना माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए। माओवादी छाडेर एमालेमा सक्रिय भएको भन्दै पार्टीले उनीहरूलाई कारबाही गरेको थियो।

माओवादीको पत्रका आधारमा सभामुख पूर्णबहादुर घर्तीले दुवैजनालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिदिएका हुन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्