Logo

टोकियो ओलम्पिकमा आज २१ स्वर्णको छिनोफानो, एथलेटिक्स सुरु



काठमाडौं, १५ साउन । टोकियो ओलम्पिकको सातौं दिन आज २१ स्वर्ण पदकको छिनोफानो हुने भएको छ । आज आर्चरी, ब्याडमिन्टन, साइक्लिङ, फेन्सिङ, जुडो, सुटिङ, स्विमिङ, टेबल टेनिस, टेनिसलगायत खेलका फाइनल प्रतिष्पर्धाहरु हुने भएका छन् ।

आजबाट एथलेटिक्स सुरु भएको छ । ओलम्पिकमा सर्वाधिक आकर्षण र चासोको एथलेटिक्सका प्रारम्भिक चरणका प्रतिष्पर्धा हुन लागेको हो ।

यसैगरी, १६ स्वर्णका साथ पदक तालिकामा चीन शिर्ष स्थानमा छ । चीनले १६ स्वर्ण, ७ रजत र १० काँस्यका साथ शिर्ष स्थान बनाएको हो ।

जापान १५ स्वर्ण सहित दोस्रो र अमेरिका १४ स्वर्णसहित तेस्रो स्थानमा छ । रुस र अष्ट्रेलियाले ९–९ स्वर्ण जितेका छन् । दक्षिण एशियाली देशहरुमा भारतले एक रजत जितेको छ ।



प्रतिक्रिया दिनुहोस्