Logo

अफगानिस्तानको द्वन्द्वमा भारत र पाकिस्तानको सामरिक मतभेद



विपिन देव: अफगानीस्तानमा तालीवानीहरूको वर्चस्व दिन प्रति दिन बढिरहेको छ । तालिवानीहरूले अफगानी समाजलाई इस्लामीकरण गर्न र पश्चिमा प्रभावलाई न्यूनीकरण गर्न बन्दुक उठाएका थिए । तदनुरुप कुरान अनुसार अपराधीलाई दण्डित गर्नु, महिला वर्गलाई राष्ट्रिय मुल प्रभाववाट पृथक राख्नु, बन्दुकको नालबाट शासन संचालन गर्नु तालिवानीहरूको उद्देश्य रहेको थियो ।

तालिवानीहरूको सैन्य क्षमता दिन प्रति दिन अभिवृद्धिको कारण विदेशी चलखेल नै रहेको छ । तालिवानीहरू वास्तवमा पाकिस्तान खुफिया एजेन्सीको नजिक हुन् । सेप्टेम्वर ११ को घटना पछि अमेरिकी सरकारले ओसामा विन लादेन र उनी संगठन अल कायदालाई सखाप पार्न अफगानीस्तानमा सैनिक अडा जमाएर बसे । पाकिस्तान र अमेरिकाको सम्वन्ध त्यतिखेर चुलिएको थियो ।

अमेरिकी राष्ट्रपति जर्ज वुसले पाकिस्तानलाई सामरिक साझेदार (स्ट्राटेजीक पार्टनर) को रुपमा घोषणा गरे । पाकिस्तानी शासक मुसरफको अमेरिकासंगको सापिप्यतालाई रणनीतिको रुपमा प्रयोग गरे । अर्थात् अमेरिकासंग सैन्य सहयोग प्राप्त गरेर अलकाइदालाई लगाम कस्न आंशिक रुपमा अमेरिकालाई सहयोग गरे भने अर्को तर्फ तालिवानी लडाकाहरूको वास स्थल, सैनिक प्रशिक्षण लगायत विभिन्न किसिमको सहयोग गरे । तालिवानीहरूलाई पास्तिानकले आप्mनो सामरिक हितमा प्रयोग गरे ।

अफगानिस्तानको भूमिलाई पाकिस्तानले पनि आफ्नो स्वार्थको लागि प्रयोग गर्दै आयो। काठमाडौंबाट इण्डियन एयर ल्यानसलाई अपहरण गरेर कानदाहरमा राख्नु र तालिवानी लडाकाहरूको दबाबमा महशुद अजहर लगायत विभिन्न आतंकवादीहरूलाई कैदवाट मुक्त गराउनु पाकिस्तानले तालिवानहरूलाई गरेको प्रयोग एक प्रतिनिधि उदाहरण हुन् । पाकिस्तानले तालिवानीहरूको प्रयोग काश्मिरको प्रथकतावादी आन्दोलनलाई चर्काउन पनि प्रचूर मात्रामा गरेको देखिन्छ । साथ(साथै अफगानिस्तानमा आप्mनो प्रभाव वढाउन र इरानको प्रभावलाई निस्तेज गर्न पाकिस्तानले तालिवानीहरूको प्रयोग गरेको देखिन्छ । इरान र भारतको सामिप्यतालाई पाकिस्तानले कहिले पनि सहन गरेको छैन । अर्को शब्दमा भन्ने हो भने काश्मिरको मुद्दामा भारतको पक्षमा अडान लिने र नैतिक सर्मथन गर्ने इश्लामिक मुलुकहरू मध्ये इरान प्रमुख हुन् । साथ साथै पाकिस्तानले जहिले पनि आफुलाई इस्लामिक राष्ट्रहरूको नेताको रुपमा सारेको कुरालाई इरानले स्वीकार गरेको छैन ।

पाकिस्तानमा रहेको विभिन्न आतंकवादी र कट्टरपन्थीहरूको आर्थिक श्रोतको रुपमा अफगानीस्तानमा उत्पादित भइरहेको लागु पद्धार्थ हो । अफगानिस्तानमा लागु पर्दाथको प्रचूर मात्रामा उत्पादन हुनु र साथ-साथै युरोप लगायत अमेरिकामा तस्करी हुनु जस्ता कारणले तालिवानी लगायत अलकायदा, जस्ता विभिन्न किसिमको आतंकवादी जथ्थाहरूले मगन्य आम्दानी गर्दछ । अफगानिस्तानमा कानूनी राज्य हुने वित्तिकै तस्करीको बजार बन्द हुन सक्दछ र आतंकवादी कारखानाहरू स्खलित हु‘दै बन्द हुनेछ । पाकिस्तान, अफगानीस्तान लगायत सेन्ट्रल एसियाका देशहरू ताजिकिस्तान, र्किगिस्तानहरू आर्थिक रुपले कमजोर हुनुको कारण आतंकवादी र कट्टर पन्थीहरू दबदबा र वर्चस्व हुनु नै हो । विगतका दिनहरूमा तालिवानीहरूले आप्mनो रणनीतिमा परिमार्जन गरेको देखिन्छ । तालिवानीहरूले यूरोप लगायत संसारका समृद्ध राष्ट्रहरूसंग सहकार्य गर्न खोजेको छ ।

अफगानिस्तानको आर्थिक अवस्था जर्जर भएको छ । विश्व समुदायवाट सहयोग र सदभाव नआएको खण्डमा अफगानिस्तानी जनताको देनिक जीवन पनि अति नै कष्टकर हुने छ । उत्पादन सून्य रहेको अवस्था छ । वन्दुक र वारुदको गन्धले समाज आक्रान्त भएको छ । यस परिवेशमा तालिवानीहरूले केहि अघिकारीक घोषणा गरेका छन् । विश्व समुदायको सदभाव र सहयोग विना अफगानीस्तान अगाडि वढ्न सक्दैन भने कुरा तालिवानीहरूले राम्ररी बुझेका छन् । तालिवानीहरूले अन्र्तराष्ट्रिय समुदायलाई अपिल पनि गरेका छन् । आउ‘ने दिनमा अफगानिस्तानी भूमिलाई कुनै पनि देशको विरोधमा उपयोग र प्रयोग गरिने छैन भने तालिवानीहरूको अपिल रहेको छ । साथ साथै मानव अघिकार जस्ता वैश्विक मुद्दाहरू पनि तालिवानीहरू आप्mनो अवधारणा जाहेर गरेका छन् । यही पृष्ट भूमिमा दोहा, तास्कन्द, तुस्मावे लगायत विभिन्न ठाउ‘हरूमा भारतीय अधिकारीहरूले तालिवानीहरूसंग वार्ता पनि गरेका छन् ।

भारतको लागि अफगानिस्तानले ठुलो महत्व वोकेको छ । अफगानिस्तानमा आप्mनो व्यापारिक कारोबार बढाउन र अफगानीस्तानलाई मध्य एसियासंग जोड्न भारतको नीति रहेको छ । इरानको चावाहारमा भारतले ठुलो वन्दरगाह लगभग बनाइसकेको छ । इरान र अफगानिस्तानलाई रेल्वेवाट जोड्न पनि भारतको गुरुयोजना रहेको छ । विगत वीस वर्षमा भारतले अफगानीस्तानमा विभिन्न किसिमको योजनाहरू परिचालित गरेको छ । त्यसमा लगभग ३ विलियन अमेरिकी डलर खर्च गरेको देखिन्छ । अफगानीस्तानमा प्रजातन्त्र बहाली होस भने भारतको नीति रहेको छ । प्रतिकात्मक रुपमा भारतले अफगानीस्तानमा संसद भवन समेत निर्माण गरिरहेको अवस्था छ । खास गरेर भारतले स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै योजनाहरू परिचालीत गरेका छन् । अफगानिस्तान सरकारले भारतको सहयोग र सदभावलाई आत्मसाथ र स्वागत गर्दै आएको छ । बेला बखतमा तालिवानीहरूले भारतीय नीतिलाई विरोध समेत गरेका छन् । तर विगतका केही दिनहरूमा तालिवानीहरू पनि भारत प्रति केही लचकता अपनाएका छन् । अफगानिस्तानमा खाध्यान लगायत दैनिक उपभोगका वस्तुहरूलाई निर्यात गर्न भारतले सामथ्र्य बोकेको कुरा तालिवानीहरूलाई राम्ररी थाहा छ ।

अफगानिस्तानको सरकार पाकिस्तानसँग चिढिएको अवस्था छ । अर्को तर्फ तालिवानीहरू विश्व समुदायसंग नजिक हुन खोजिरहेको अवस्था छ । अर्थात् आउने दिनमा तालिवानीहरू पाकिस्तानको कटपुतली हुने कम सम्भावना छ । तालिवानीहरूमा पकड कमजोर हु‘न वित्तिकै पाकिस्तानका अरु कटरपन्थीहरू पनि पाकिस्तानी सरकारको नियन्त्रणवाट टाढा जान सक्ने सम्भावना देखिन्छ । अर्थात् तालिवानीहरू प्रजातान्त्रिक लिकमा आउ‘न वित्तिकै पाकिस्तानको मोह भंग हुने सम्भावना देखिन्छ । अफगानिस्तानको शान्ती प्रक्रियामा भारत र पाकिस्तानको दृष्ट्रिकोण फरक रहेको देखिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्