Logo

सिटिजन्स बैंकको वितरणयोग्य नाफा ९१ प्रतिशतले बृद्धि



काठमाडौं, १५ साउन । सिटिजन्स बैंक लिमिटेडले १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार खुद नाफा गरेको छ । बैंकले आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक गरेको बित्तीय विवरणमा उक्त रकम खुद नाफा गरेको उल्लेख गरिएको छ ।

गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब १९ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा गत वर्षको तुलनामा ३३ दशमलव ४० प्रतिशत बढी हो ।

यसैगरी, गत वर्ष १ अर्ब ४९ करोड ९० लाख २३ हजार संचालन नाफा गरेको बैंकले यो वर्ष २ अर्ब १५ करोड ३५ लाख २३ हजार नाफा गरेको जनाएको छ । त्यस्तै, यस वर्ष चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५७ करोड ८५ लाख ५० हजार वितरणयोग्य नाफा आर्जज गरेको छ । गत वर्षको तुलनामा ९१ दशमलव ५७ प्रतिशत बढी हो ।

१२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रुपैयाँ हाल बैंकको चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा ६ करोड  ९ लाख८९ लाख ९६ हजार रहेको छ ।



प्रतिक्रिया दिनुहोस्