Logo

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी चेक काट्ने पक्राउ



काठमाडौं, १५ साउन । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिने एक व्यक्ति पक्राउ परेका छन् ।

बाउन्स चेक काटेर बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादी राम खड्कालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले काठमाडौं मनोहरका ४६ वर्षीय खड्का ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेको जनाएको छ ।

उच्च अदालत पाटनको २०७८ बैशाख १४ गतेको फैसलाले उक्त मुद्दामा ९ दिन कैद र ९ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही उनी फरार हुँदै आएका थिए । खड्काले बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्