Logo

शिक्षकद्धारा देशभर धर्ना



काठमाडौं, १५ साउन । आन्दोलनरत शिक्षकहरूले विभिन्न पेशागत र नीतिगत मागसहित आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

विगतमा सरकारसँग शिक्षक महासंघले पेस गरेको ३४ बुँदे मागको स्मरण गराउँदै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव रमेश रुपाखेतीले बताए ।

शिक्षकहरूले संघीय शिक्षा ऐन ल्याइनुपर्ने, सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै शिक्षकका लागि अस्पतालको व्यवस्था गरिनुपर्ने, राज्यको ढुकुटीबाट तलब खाने सबैका छोराछोरी सरकारी विद्यालयमा पढाइनुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सरुवा÷बढुवा वैज्ञानिक गर्नुपर्नेलगायतका उनीहरुले माग राखेका छन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्