Logo

माधव नेपालहरु राजनीतिज्ञ होईनन्, म एमालेको पक्षमा उभिएँ : डा. सुरेन्द्र केसी (भिडिओसहित)



काठमाडौं, १५ साउन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले हिजो कांग्रेस कमजोर हुँदा आफू कांग्रेस बनेको र अहिले एमाले प्रतिपक्षी दल भएकोले आफूपनि एमाले भएको बताएका छन् । उनले भने,‘मैले भनेको थिएँ, जब कांग्रेस कमजोर भएको थियो, त्यसपछि म चाहीँ अब कांग्रेस भएँ है साथी हो, किनभने कांग्रेस प्रतिपक्षी दल हो । बौद्धिकले जहिलेपनि प्रतिपक्षीसँग मिलेर जनताको आवाज दिनुपर्छ । बौद्धिकको काम चाहीँ त्यो हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अघि भने,‘यहाँ बौद्धिक भनेको दलाली गरेर एउटा पद लिने हो भनेर बुझेका छन् । तपाईँहरु त्यहीअनुसार हामीलाई ग्लोरिफाई गर्ने फोरम दिनुहुन्छ । पत्रपत्रिकामा त्यहीअनुसार लेखहरु छापिन्छन् । न्याय गर्नुपर्ने हो नि उनीहरुले, गर्दैनन् । त्यसकारणले अब मलाई चाहीँ, त्यसपछि हिजो माओवादीलाई कुटिकुटि सिध्याउनुपर्छ भन्थे नि, हामी जम्मै माओवादीको पछि थियौं नि ।’

अब जनताको एमालेप्रति सहानुभुति बढ्ने पनि उनको विश्लेषण छ । माधव नेपालहरुप्रति लक्षित गर्दै उनले सूर्यको भोट बटुलेर माथि कांग्रेसलाई भोट हालेको भन्दै उनीहरु राजनीतिक व्यक्ति नै नभएको केसीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्