Logo

भारतको सहयोगमा हिरण्यवर्ण महाविहारको निर्माण सुरु, आज क्षमा पुजा



काठमाडौं, १५ साउन । ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा पुर्नस्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार क्षमा पूजा गरेका छन् ।

भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकारका अधिकारीहरु पूजामा सहभागी भएका थिए । १८ करोड १ लाख बजेटमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको हो ।

सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्घ मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो ।

भूकम्पले क्षति पु¥याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुर्नस्थापनाका लागि भारत सरकारले ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो । ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्