Logo

हामी एक हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं, माधव नेपालको रोडम्याप क्लियर छ : चौधरी (भिडिओसहित)



काठमाडौंं, १५ साउन । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफूहरुकै सहयोग र समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुने पोजिसनमा पुर्याएको दाबी गरेका छन् । उनले भने,‘उहाँको प्रधानमन्त्री हुने ईच्छा थिएन, उहाँको ईच्छा हामीले जगाएका थियौं । सर्वोच्च अदालतमा गएर उहाँलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका हौं । र, विश्वासको मत दिने बेलामा उहाँको पूरै कार्यकाल चलोस, संसद्को पूरै कार्यकाल चलोस भनेर विश्वासको मत पनि दिएका हौं । यो सरकार स्थायी रुपमा र राष्ट्रिय सरकारको रुपमा स्थापित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यसको लागि हामीसमेत यो सरकारमा सहभागी बन्नुपर्छ भनेर हाम्रो समूहभित्रबाट जबरजस्त कुरा उठिरहेको छ ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिले आफ्नो समूह सरकारमा सहभागी हुँद आउनसक्ने कानूनी जटिलताको बारेमा अहिले छलफल भैरहेको सुनाए । उनले आगामी एक हप्ताभित्र आफूहरु सहभागी हुने जानकारी दिए । उनले आफूहरु कुनैपनि हालतमा सरकारमा सहभागी हुने जानकारी दिए । आफ्नो समूहका नेता माधव कुमार नेपाल कुनै अलमलमा नरहेको पनि उनले जिकिर गरे । उनले भने,‘माधव नेपालको रोडम्याप क्लियर छ । कानूनले के भन्छ, त्यो मलाई थाहा भएन । तर, कानूनले अवरोध गरेन भने हामी आज एउटा निर्णय लिन्छौं ।’



प्रतिक्रिया दिनुहोस्