Logo

रायमाझीहरुले सांसदमा पूनर्वहाली गर्न माग राखी हालेको रिटमाथिको सुनुवाई स्थगित्



काठमाडौं, १५ साउन । सांसद पदमा पूनर्वहाली गरी पाउँ भनि माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले हालेको रिटमाथि आज सुनुवाई हुने भनिएपनि सुनुवाई स्थगित् भएको छ । उनीहरुले साउन १२ गते सर्वोच्चमा रिट हालेका थिए ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशमा आज सुनुवाई हुने भनिएको थियो । तर, रिट निवेदकतर्फका कानुन व्यावसायीहरुले सुनुवाइ स्थगित् गर्न आग्रह गरेपछि आजको सुनुवाई स्थगित भएको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्