Logo

माधव नेपाललाई भेट्न विष्णु पौडेल कोटेश्वरमा



काठमाडौं, १५ साउन । नेकपा (एमाले) को विवाद मिलाउनको लागि अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरु सक्रिय भएका छन् । नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । हिजोमात्रै नेता नेम्वाङले नेता नेपालसँग भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट नेता पौडेलले नेता नेपाललाई भेटेका हुन् ।

उनीहरुले पार्टी एकताको लागि सबै गम्भीर हुनुपर्ने भन्दै यसको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नोपलबीच वार्ता गराउने प्रयास गरेका छन् । तर, नेता नेपालले भने ओलीसँगको भेटलाई अस्विकार गरेका छन् ।

पछिल्लो समय एमाले विवाद समाधानको लागि पावर सेयरिङमा समेत छलफल भएको छ । माधव नेपाललाई दोस्रो अध्यक्ष दिईने चर्चा पनि चलेको थियो । तर, नेपालले आफू दोस्रो अध्यक्ष खानको लागि नजाने जवाफ दिएको उनीनिकट नेताहरुले स्पष्ट पारेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्