Logo

भीम रावलको भाग्योदय, एमाले अध्यक्ष बन्नसक्ने



काठमाडौं, १५ साउन । नेकपा एमालेका वरिष्ठ नेता भीम रावलको भाग्योदय हुने देखिएको छ । उनलाई नेकपा एमालेको नेतृत्व प्राप्त हुने सम्भावना बढेको हो ।

एमाले एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र आफूबाहेक कसैलाई नेतृत्व दिएर महाधिवेशनमा जाने प्रस्ताव गरेकोमा ओली सकारात्मक भएपछि रावललाई मौका पर्न सक्ने देखिएको छ । रावललाई महाधिवेशन आयोजक कमिटीको अध्यक्ष बनाएर जाने गरी छलफल बढिसकेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार ओली भीम रावललाई अध्यक्ष बनाउन तयार भएका छन् । उनले आफूपछिको अध्यक्ष रावललाई बनाउने तयारी गरिसकेका छन् । तर, एमाले एकता जोगाउन आफूले पनि अध्यक्ष त्यागेर रावललाई महाधिवेशन अगाडिको अध्यक्ष बनाउने प्रस्ताव सार्ने सम्मको रणनीति बनाएका छन् ।

रावल पछिल्लो समय माधव नेपाल समूह छाडेर तटस्थ भूमिकामा छन् । उनी कुनै हालतमा एमाले विभाजनको पक्षमा नलाग्ने गरी बढेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई रावलले विश्वासको मत पनि दिएनन् । यसलाई अर्थपूर्ण रुपमा लिइएको थियो ।

माधव नेपाललाई चित्त बुझाउने गरी तेस्रो व्यक्तिको अध्यक्षका लागि ओली सकारात्मक भएको र यही कमिटीबाट महाधिवेशन गराउने प्रस्ताव सार्ने तयारी भएको छ । विरोधीलाई अप्ठ्यारो पार्ने गरी रणनीति ल्याउन खप्पिस ओलीले फेरि नेपाललाई एमाले एकताका लागि कठोर रणनीति ल्याउन लाग्दा रावललाई मौका पर्न सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम