Logo

एमसीसीसँग भएका सझौता सांसदमा पेश गरियोस्: रावल



काठमाडौं, १५ साउन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने जस्ता काम शुरु भइसकेको बताउँदै सांसदमा पेश गर्नुपर्ने बताएका छन् ।

यस सन्दर्भमा उनले भने, ‘मूल सम्झौतासँगै भएका सबै सम्झौता सांसदमा पेश गरियोस् ।’ उनले एमसीसीमा भएका स्वाधीनता, राष्ट्रियहित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई सम्झौता गरिए राष्ट्रघात हुने बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्