Logo

एमाले पार्टी कार्यालयमा खीर खाने कार्यक्रम आयोजना



काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज साउन १५ अर्थात खीर खाने दिनको अवसरमा पार्टी कार्यालय थापाथलीमा खीर खाने कार्यक्रमको आयोजना गरेको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले कार्यक्रम २ बजेबाट सुरु भएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने नआउने पनि जनाए । तर, महासचिव ईश्वर पोखरेललगायतका नेताहरुको भने उपस्थित् हुनेछ । अहिले महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेल वरिष्ठ नेता माधव कुमार नेपालसँग आन्तरिक छलफलमा छन् । तामाङले आज/भोलिभित्रै पार्टीको विवाद पनि हल हुने जनाए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्