Logo

पूर्वसांसदहरुको रिटमाथि आज पनि सुनुवाइ भएन



काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रको कारबाहीबाट पदमुक्त भएका चार पूर्वसांसदको रिटमाथि आज पनि सुनुवाइ भएन । उक्त रिटमाथि शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम रहन माग दावीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बिहीबार उक्त रिट निवेदनमा न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिएपनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।



प्रतिक्रिया दिनुहोस्