Logo

वौद्ध धर्मको बहुमूल्य ग्रन्थ हो भन्दै ठग्ने २ जना पक्राउ



काठमाडौं, १५ साउन । पुरातात्विक धार्मिक महत्त्वको बहुमूल्य धर्मग्रन्थ हो भन्दै नगद ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । वौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्थ हो भन्दै प्रलोभनमा पारी नगद ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार काठमाडौं महानगरपालिका २२ न्यूरोडबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ३० मैतीदेवी सप्तरी राजविराज नगरपालिका ३ घर भएका ४७ वर्षीय प्रशान्त प्रताप सिंह र काठमाडौं महानगरपालिका ८ मृगस्थली दाङ शान्तिनगर गाउँपालिका ४ घर भएका ६५ वर्षीय छन्त्याल भन्ने पूर्ण बहादुर मगर रहेका छन् ।

उनीहरुले २ जना पीडितलाई ४ करोड पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेकोमा पैसा नपुगेकोले पुस्तक विश्वासका लागि बन्धकी स्वरुप राखी केही रकम दिनुहोस भनी विश्वासमा पारी पीडितसँग नगद १५ लाख ५ हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ठगी कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्