Logo

राज कुन्द्रामाथि जुवा खेलाएको आरोप, गरीबको पैसा हडपेको बिजेपी नेताको भनाई



एजेन्सी, १५ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रालाई जुलाई १९ मा अश्लिल फिल्म बनाएको र एपमा अपलोड गरेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ । अदालतले कुन्द्रालाई २७ जुलाईदेखि न्यायिक हिरासतमा पठाएको छ । राज कुन्द्रा पक्राउ परेपछि केही मानिसहरुले उनीविरुद्ध गम्भीर आरोप लगाइरहेका छन् ।

कुन्द्रालाई अहिले जुवा खेलाएको आरोप समेत लगाइएको छ । समाचार अनुसार राजमाथि बीजेपी नेता राम कदमले यस्तो आरोप लगाएका हुन् । महाराष्ट्र बीजेपीका प्रवक्ता राम कदमले राज कुन्द्राले जुवा खेलाएको आरोप लगाए । कुन्द्राले वितरणको नाममा गरीब मानिसको पैसा हडपेको उनको भनाई थियो । उनले राज कुन्द्राले अनलाइन गेम ‘गड’ मार्फत सोझा व्यक्तिहरुलाई धोकादिएका बताए । उनले राजले लोकप्रियता कमाउन पत्नी शिल्पा शेट्टीलाई प्रयोग समेत गरेको आरोप लगाए । वियान कम्पनीको लेटरहेडमा शिल्पाको तस्वीर प्रमोशनको लागि प्रयोग भएको थियो ।

राम कदमले भारतको संविधानमा ठग्ने कुनै अधिकार नभएको समेत स्पष्ट पारेका छन् । राज कुन्द्राले कसैको ३० लाख, कसैको १५ लाख र कसैको २० लाख ठगेका आरोप लगाउदै गेम वितरणको नाममा मानिसहरुको दिमाग भुटेर पैसा लुटेको बताए । पछि पैसा फिर्ता माग्न जाँदा राजले उल्टै पीडितलाई पिटेर पठाएको समेत उनको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्