Logo

अमेरिकी विदेशमन्त्री ब्लिनकेनले दलाई लामाका प्रतिनिधिलाई दिल्लीमा भेट्नुको अर्थ



एजेन्सी, १५ साउन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन यसै हप्ता भारत भ्रमणमा पुगे । उनले नयाँ दिल्लीमा महत्वपूर्ण भेटवार्ताहरु गरे । जसमध्ये तिब्बती धार्मिक नेता दलाई लामाका प्रतिनिधिसँगको भेट पनि थियो ।

ब्लिनकेनले बुधबार दलाई लामाका प्रतिनिधि नोडुप डोङचुङसँग दिल्लीमा भेटवार्ता गरी तिब्बत मामलामा छलफल गरे । उनले तिब्बतका अर्का प्रतिनिधि गेसे डोर्जी डामडुलसँग पनि भेट गरे । जसमा सातजना नागरिक समाजका सदस्यहरु पनि थिए ।

दलाई लामाका प्रतिनिधिलाई नयाँ दिल्लीमा भेटेर अमेरिकी विदेशमन्त्रीले तिब्बतको मामलामा साथ रहेको सन्देश दिएका छन् । यो भेटलाई चीनले भने आपत्ती जनाएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ गत हप्ता तिब्बत पुगेर पूर्वाधारको अवलोकन गरेका थिए । त्यसपछि अमेरिकी विदेशमन्त्रीको भारत भ्रमण र दलाई लामाको प्रतिनिधिसँगको भेट आफैमा सन्देश हो । दलाई लामा तिब्बतका निर्वासित धार्मिक नेता हुन् । उनी तिब्बतको स्वतन्त्र अस्तित्वका लागि निरन्तर अभियान चलाउँदै आएका छन् । चीनले भने तिब्बतलाई आफ्नो स्वशासित क्षेत्रका रुपमा शासन चलाउँदै आएको छ ।

तिब्बतका निर्वासितहरु अमेरिका र भारतमा बढी छन् । भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा दलाई लामा बस्छन् । तिब्बतको निर्वासित सरकार पनि अस्तित्वमा छ । यसप्रति चीनले आपत्ती जनाउँदै आएको छ ।-Photo: Twitter@SecBlinken



प्रतिक्रिया दिनुहोस्