Logo

विश्व नम्बर एक जोकोभिकलाई स्तब्ध पार्दै जेभरेभ ओलम्पिक टेनिसको फाइनलमा



एजेन्सी, १५ साउन । विश्व नम्बर एक सर्बियाका खेलाडी नोभाक जोकोभिक टोकियो ओलम्पिकको टेनिसतर्फको पुरुष एकलमा पराजित भएका छन् । उनी जर्मनीका अलेक्जेन्डर जेभरेभसँग पराजित भएका हुन् ।

पहिलो सेट ६-१ ले जितेपनि खेलमा फर्कदै जेभरेभले जोकोभिकलाई ६-३ र ६-१ ले स्तब्ध पारेका थिए । अब उनले रुसका कारेन काचानोभसँग फाइनलमा खेल्नेछन् ।

जोकोभिकले काँस्य पदकका लागि स्पेनका पाब्लो कारेनो बुस्टासँग खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्