Logo

लुम्बिनीमा मुख्यमन्त्री पोखरेललाई धक्का, जसपाबाट मन्त्री भएकाहरु सांसदबाट पदमुक्त



बुटवल, १५ साउन । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीबाट मन्त्री भएका तीनजना सांसदबाट पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले सूचना जारी गरी उनीहरु पदमुक्त भएको जनाएको छ ।

पदमुक्त हुनेहरुमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय छन् । उनीहरु जसपाले सरकारमा जाने निर्णय नगरेको अवस्थामा मन्त्री बनेका थिए । यसअघि ४ जना मन्त्री बनेकोमा एकजना फिर्ता भइसकेका छन् ।

जसपाबाट लुम्बिनी प्रदेशमा ६ जना सांसद थिए । अब तीनजना पदमुक्त भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरुले पार्टी निर्देशन अवज्ञा गरेको भन्दै कारबाहीको पत्र प्रदेशसभामा पठाएका थिए ।

प्रदेश सभाले पदमुक्त गरेपनि जसपाका तीनजना सांसदको मुद्दा अदालतमा विचाराधीन छ । यो विषय फेरि अदालत पुग्ने सम्भावना छ । जसपाका ३ सांसद पदमुक्त सदर भएमा शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने सम्भावना रहन्छ ।



प्रतिक्रिया दिनुहोस्