Logo

कर्णाली नदीमा स्कर्पियो जीप खस्दा बाबुआमा बेपत्ता, बालबालिकाको उद्धार



काठमाडौं, १५ साउन । कर्णाली नदीमा स्कर्पियो जीप खस्दा २ जना बेपत्ता भएका छन्। शुक्रबार कैलालीको चिसापानीदेखि सोल्टा जाने कच्ची सडकबाट नम्बर नखुलेको स्कर्पियो गाडी ब्याक गर्ने क्रममा कर्णाली नदीमा खसेको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार गाडीमा ५ जना सवार रहेका मध्ये १२ वर्षीया लक्ष्मी जोशी, ५ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको घाइते अवस्थामा उद्दार गरेको हो । एकजनाको अवस्था गम्भिर रहेको छ । २ जना श्रीमान श्रीमती भने बेपत्ता भएको छन् । बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका घर भएका चन्द्र जोशी र रुपी जोशी छन्।

जोशी दम्पति ३ जना बालबालिकासहित नेपालगञ्जमा उपचार गरेर घर (डोटी) फर्किरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्