Logo

माछापुच्छ्रे बैंकद्वारा सल्लाघारीदेखि बासवारीसम्म वृक्षारोपण



काठमाडौँ, १५ साउन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले आज सल्लाघारीदेखि बासवारीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । बैंकले आज काठमाडौँ महाराजगञ्जको मूल सडक सल्लाघारीदेखि न्युरो अस्पताल बासवारी सम्म १०० बिरुवा वृक्षारोपण गरेको हो ।

बैंकको अनुसार सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक के.सी.ले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।

बैंकले हालसम्म पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरू, २ वटा एक्स्टेन्सन काउन्टरहरू लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहकहरूमा सम्पूर्ण बैकिङ्ग सुबिधा दिदै आएको छ । बैंकको देशभर ९१ वटा एटीएमहरू सञ्चालनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्