Logo

काँग्रेसमा क्रियाशील सदस्यता विवाद मापदण्ड बनाएर समाधान गरिने



काठमाडौं, १५ साउन । नेपाली काँग्रेसमा क्रियाशील सदस्यको विवाद समाधान गर्न मापदण्ड बनाइने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच यस्तो सहमति बनेको हो ।

बारा, सर्लाही, धनुषा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी ६ जिल्लाको क्रियाशील विवाद ५ दिनभित्र सहमति निकाल्ने गरी नेताहरुले छलफल गरेका थिए । काँग्रेसभित्र अन्य पार्टीबाट आएका सदस्यताबारे विवाद छ ।

बारा र सप्तरीको जिल्लाभरी, धनुषाको क्षेत्र नम्बर ४, सर्लाहीको २ का अलावा रसुवा र सिन्धुपाल्चोकको विभिन्न पालिका र वडाहरुमा विवाद छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवादले काँग्रेसको महाधिवेशनका लागि हुने वडास्तरीय अधिवेशन अन्यौलमा छ । यसले महाधिवेशन भर्दौमा हुने सम्भावना लगभग टरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्