Logo

एमाले महासचिव पोखरेलले गरे पार्टीभित्र दोस्रो अध्यक्ष नमान्ने संकेत



काठमाडौं, १५ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा चलिरहेको दोस्रो अध्यक्षको प्रस्ताव नमान्ने संकेत गरेका छन् । उनले पार्टी विधान र नियमावली विपरित हुन नहुने स्पष्ट पारेका छन् ।

आज पार्टी कार्यालय थापाथलीमा पत्रकारहरुको प्रश्नमा उनले जुनसुकै निर्णय विधान, नियमावली र संस्थागत निर्णयको अनुकूल हुनुपर्ने बताए । पोखरेलले दोस्रो अध्यक्षको प्रस्तावबारे सोधिएको प्रश्नमा भने,‘महाधिवेशनबाट पारित विधान र नियमावली सबैले पालना गर्नुपर्छ ।’

पार्टीमा विभिन्न प्रस्तावहरु आएको चर्चा चल्ने गरेको उल्लेख समेत गरे । प्रस्तावहरुको बारेमा यकिन गर्न नसकिएको समेत बताए ।

एमाले एकतावद्ध गर्नुपर्ने स्पष्ट पार्दै विधान विपरित जाने कुरा नहुने समेत बताए । उनले पार्टी एकताका दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसकेकाले त्यस अनुसार बढ्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्