Logo

टोकियो ओलम्पिकमा आज के के भयो



एजेन्सी, १५ साउन । टोकियो ओलम्पिकको सातौ दिन चीन, जापान र अमेरिकाले पदकको संख्या बढाएका छन् । चीनले १९ स्वर्ण जितिसकेको छ । जापानले १७ र अमेरिकाले १४ स्वर्ण जितेको छ ।

रुसले १०, अष्ट्रेलियाले ९, बेलायतले ६ र कोरियाले ५ स्वर्ण जितिसकेको छ ।

चीनका मा लङले टेबल टेनिसमा पुरुष एकलतर्फ स्वर्ण जित्दै किर्तिमान बनाएका छन् । उनी ओलम्पिकमा टेबल टेनिसतर्फ ४ स्वर्ण जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।

एथलेटिक्स आजबाट सुरु भएको छ । पुरुष १० हजार मिटरमा इथियोपियाका सेलेमन बारेगाले स्वर्ण जितेका छन् ।

एथलेटिक्समा पुरुष ४x१०० मिटरमा पदकको दाबेदार अमेरिकी टिम अयोग्य घोषित भएको छ ।

जापानले फेन्सिङमा पुरुष टिमतर्फको स्वर्ण पदक जितेको छ ।

टेनिसमा विश्व नम्बर १ सर्बियाका नोभाक जोकोभिक सेमिफाइनलमा जर्मनीका जेभरेभसँग पराजित भएका छन् ।

फुटबलमा अमेरिका, क्यानडा, स्वीडेन र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् । पदकको बलियो दाबेदार ब्राजिल क्यानडासँग स्तब्ध भएको छ ।

भारतका लागि सातौं दिन सुखद भएको छ । बक्सिङमा लभलिना बोरोगेनले सेमिफाइनलको यात्रा तय गरी पदक पक्का गरेकी छिन् । ब्याडमिन्टनमा पीभी सिन्धुले जापानी खेलाडी यामागुचीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।-Photo: Reuters and other Agencies



प्रतिक्रिया दिनुहोस्