Logo

३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा पक्राउ



साउन १५, काठमाण्डौ । ३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ परेका छन् । प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हाृ । उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । ३३ किलो सुन तस्कर प्रकरणमा उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । २०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो ।

त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो । यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो । सुन तस्करका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे अहिले जेलमा छन् । तर ३३ किलो सुन अझै भेटिएको छैन ।



प्रतिक्रिया दिनुहोस्