Logo

माधव नेपाल अहिलेसम्म सरकारमा किन नजानु भएको होला, मलाई त अचम्म पो लागिरहेको छ : केशब बडाल (भिडिअ‍ोसहित)



काठमाडौं, १६ साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टी एकताको लागि आफूहरु हदैसम्मको लागि लचक भएको तर पार्टीका काम रोक्न नहुने भएकोले आफूहरु अघि बढेको स्पष्ट पारेका छन् । उनले पार्टीभित्र भएका समस्या अहिले भर्खरै जन्म नभएको भन्दै समस्या बढ्दै गएको सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आज बस्ने बैठकले एउटा ठोस निर्णय लिने स्पष्ट पारे ।

उनले माधव नेपललाई ईगो नलिन पनि आग्रह गरेका छन् । उनले माधव नेपाल समूहले सरकारमा सहभागी हुन कि ढिलाई गरिरहेको भन्दै आश्चर्यसमेत प्रकट गरे । उनले भने,‘उहाँहरुले सरकारमै जानको लागि दुई वर्ष मेहनत गरेको हो, अहिले सरकारमा जानको लागि किन ढिलो गरेको होला ? मलाई त अचम्म पो लागेको छ त ।’ उनले सरकारमा जान मन लाग्ने साथीहरुलाई जान सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्