Logo

तोकिएकै मितिमा महाधिवेशन हुँदैन्, चार/पाँच महिना पर सार्न सकिन्छ : महेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले तोकिएकै मितिमा महाधिवेशन नहुने स्पष्ट पारेका छन् । उनले महाधिवेशन चार÷महिना पर धकेलिने पनि घोषणा गरेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलले समयमै महाधिवेशनमा हुनुपर्छ भनेको कुरा उल्लेख गर्दै यसमा पार्टी नेतृत्वपनि गम्भीर रहेको सुनाए । तर, कोभिडका कारण महाधिवेशन प्रभावित भएको उनको भनाई छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रमममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालमा कोभिडको तेस्रो लहर आउने सम्भावना रहेकोले महाधिवेशन केही महिना पर सार्नसकिने धारणा राखे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई पुग्नेगरि खोपको व्यवस्था गरिरहेको पनि सुनाए । उनले प्रधानमन्त्री देउवाले भनेझैं आगामी चैत्र मसान्तभित्र सबै नेपालीले खोप लगाउन पाउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्