Logo

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्ने सहमति



काठमाडौं, १६ साउन । मन्त्रिपरिषद विस्तार चाँडै टुँगो लगाउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको हो ।

यसअघि भएको भेटमा तत्कालै मन्त्रिपरिषद् विस्तार गर्नेबारे दुई नेताबीच सहमति भएको भएपनि कुन मन्त्रलालय कुन पार्टीले लिने ? भन्ने विषयमा सहमति भैनसकेकोले मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको थियो । आज भएको भेटमा भने आउने सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने सहमति भएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

माधव नेपाल समूह सरकारमा सहभागी नभएको खण्डमा कांग्रेसले ८, माओवादी कैन्द्र र जसपा नेपालले ७/७ वटा मन्त्रालय लिने सहमति भएको छ । माओवादीले सरकारमा क–कसलाई पठाउने भनेर नाम टुँगो लगाउने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । उता, जसपाले पनि सरकारमा क–कसलाई पठाउने भन्नेबारे नाम तय गर्दैछ । त्यो भन्दा पहिले आज बस्ने बैठकले संसदीय दलको नेतासमेत चयन गर्ने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्