Logo

एमालेका नेताहरुको बैठक सम्पन्न, पार्टी एकता चाँडै टुँगो लगाउने विष्टको भनाई



काठमाडौं, १६ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले बेग्ला बेग्लै कार्यक्रम आयोजना गरिरहेको बेलामा दोस्रो तहका नेताहरु भने पार्टी एकताको लागि छलफलमा बसेका छन् । यसअघि विघटित दश सदस्यीय कार्यदलमा आवद्ध नेताहरुको आज सिंहदरबारमा बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताको लागि गम्भीर पहल गर्ने सहमति गरेको छ ।

माधव नेपाल समूहका नेता गोकर्ण विष्टले पार्टी एकता प्रकृया चाँडो टुंग्याउनेष्रि आफूहरु छलफलमा जुटेको स्पष्ट पारे । उनले यसअघि कार्यदलले अघि सारेको १० बुँदे प्रतिवेदन कार्यान्वयनमा जोड दिएको पनि जनाए । उनले पार्टी एकता गर्दा ठूलो क्षति हुनेभन्दै यसतर्फ सबै सचेत हुनुपर्ने र गम्भीर भएर एकताको लागि पहल गर्नुपर्नेबारे आजको बैठकमा छलफल भएको स्पष्ट पारे । file photo

 



प्रतिक्रिया दिनुहोस्