Logo

माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन् : अध्यक्ष ओली



काठमाडौं, १६ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा ठाउँ नरहेको स्पष्ट पारेका छन् । आज (शनिबार) काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हु्न । उनले भने,‘‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन् ।’

उनले नेता नेपालले वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने काम गरेको भन्दै अब पार्टीमा उनलाई ठाउँ नभएको बताएका हुन् । उनले भने,‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

 

उनले पार्टीमा आउनेहरुलाई स्वागत गर्ने तर नआउनेहरुलाई अब नकुर्नेसमेत बताए । आउँदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि ओलीले गरे। पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ । २०७४ सालको निर्वाचनमा अर्को पक्षले कमजोर उम्मेदवारलाई टिकट मागेको र दिनपरेकाले पनि बहुमत आउन नसकेको बताए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्