Logo

एक/दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ, सरकारले बजेट ल्याउनुपर्छ : डा. महत (भिडिओसहित)



नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले एक/दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डाबारे छलफल भैरहेकोले केही विलम्ब भएको उनको भनाई छ । शुक्रबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, नयाँ सरकारले बजेट ल्याउनुपर्ने पनि उनको भनाई छ । प्रस्तुत छ नेता महतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब तपाईँको पार्टीको महाअधिवेसन सर्यो होईन ?

सर्ने निर्णय भईसकेके छैन। तर, सर्ने सम्भावना छ । किनभने क्रियासिल विवादको फाईनल भैसकेको छैन । अझै विवाद छ । क्रियासिल सदस्यता विवादको बारेमा धेरै उजुरी भएको छ । ठाउँ–ठाउमा धेरै विरोधहरु भएको छ । छानविन समितिले यसमा काम गर्दैछ । क्रियासिल सदस्यताको फाईनल भएपछि पनि समय लाग्छ भनेर निर्वाचन समितिले भनेको छ । क्रियासिल सदस्य फाईनल भएर निर्वाचन समितिमा समितिमा पुग्नुपर्यो । सदस्यको नाम र सदस्यको संख्या सबै निर्वाचन समितिमा हुनुपर्यो । पहिला छानविन समितिले फाईनल गर्छ । त्यसपछि छानविन समितिले छानविन गरेर त्यसलाई प्रस्तुत गर्छ । त्यसलाई सभापतिजी हस्ताक्षर गर्नुहुन्छ । अनि निर्वाचन समितिमा जान्छ । त्यहाँबाट सबै जिल्ला, त्यसपछि वडासम्म क्रियासिल सदस्यता पुग्नुपर्छ । त्यसपछि पनि ५३ दिन अरु लााग्छ । केन्द्रीय महाअधिवेशन सम्पन्न हुनको लागि भनेर निर्वाचन आयोगले भनिराखेको छ । यसले गर्दा अलिकति समय लाग्ने सम्भावना छ ।

मलाई धेरै नेपाली काँग्रेसका नेताहरुले त भदौमा महाअधिवेशन सुरु हुन्छ र मंसिरमासम्पन्न हुन्छ भनेर भनेका छन् नि ?

प्रक्रियातः भदौमा नै सुरु हुन्छ । प्रक्रिया सुरु भएपछि अलिकति समय लाग्छ । मंसिरसम्म नै पुग्छ भन्ने त छैन । पहिला क्रियासिल सदस्यता सुरु हुन्छ । यो काम सुरु भएपछि क्रियासिल सदस्यको लिस्ट प्रकाशन भैसकेपछि त्यसपछि हुँदै जाने सम्भावना छ ।

त्यसाोभए तपाईँहरु भदौमा अधिवेसन सुरु गर्नुहुन्छ ?

भदौका सुरुमा नै वडा अधिवेसन सुरु हुने सम्भावना छ ।

त्यसो भए केन्द्रीय महाअधिवेसन कहिले हुन्छ त ?

त्यही त भनिहालें नि, सुरु भएपछि केन्द्रीय महाअधिवेसन हुन दुई महिना जति लाग्छ । किनभने पहिला त वडाको अधिवेशन हुनुपर्यो । अनि पालिकाको अधिवेसन हुनुपर्यो, त्यसपछि प्रदेश क्षेत्रमा अधिवेसन हुनुपर्यो । संसदीय क्षेत्रमा हुनुपर्यो । त्यसपछि जिल्लामा हुनुपर्यो । अनि केन्द्रको अधिवेसन गरेर नेपाली काँग्रेसको सात तहको अधिवेसन हुनुपर्यो ।

त्यसोभए काँग्रेसको महाअधिवेसन सर्नेनै भयो होईन ? कति समय पर धकेलिएला ?

होईन, केही भन्न सकिँदैन् । असोजमा दशैं छ । त्यसैले दशैँ अगाडि या दशैँ पछाडि यसबारेमा छलफल गर्न बाँकी नै छ । यद्धपी यो बारेमा चर्चा पनि भैराखेको छ । कतिपयले ओपिनियन राख्छन । क्षेत्रिय प्रतिनिधि निर्वाचित भएपनि एकैचोटी केन्द्रको गर्नुपर्छ । जिल्ला र स्थानीय तहको पछि गरेपनि हुन्छ भन्ने चर्चा भईराखेको छ । मेरो विचारमा असोज अन्त्यसम्म हुन्छ । अलि ढिलो भयो भने कार्तिकसम्म होला कि भन्ने एउटा सम्भावना छ ।

निर्वाचन आयोगले काँग्रेसको महाअधिवेसनलाई कोरोनाको कारण देखाएर पुष मसान्तसम्म समय दिने तयारी गरेको छ अरे नि, हो ?

होईन, त्यो ठिक हो । अब मुख्य कुरा के हो भने नेपाली काँग्रेसको चार वर्षको अवधि हो । चार वर्षमा अधिवेसन गर्नुपर्छ । विषेश परिस्थितिमा एक वर्ष थप्न सकिन्छ । पाँच वर्ष हुन्छ अनि नेपालको संविधानले अर्को छ महिनासम्म थप्न सकिन्छ भन्ने व्यवस्था गरेकोछ । यसैले गर्दा नेपालको संविधानले अर्को छ महिनासम्म थप्न सकिन्छ भन्ने नेपालको संविधानले व्यवस्था गरेको बेला त्यसैले गर्दा साँढे पाँचवर्ष असोजको १६ देखी १९ गतेसम्म यो महाअधिवेसन सम्पन्न गर्ने भनेपछि साँढे पाँच वर्ष अवधि हुन्छ । त्यही भएर तोकिएको हो । अहिलेको विशेष परिस्थिति संक्रमण बढ्न थाल्यो । संक्रमण बढ्न थालेको अवस्था छ । यो बर्खाको कारणले धेरै क्षति भएको छ । प्राकृतिक प्रकोपका कारणले अलिकति कठिन भएको छ । यी सबै कारणले गर्दा क्रियासिल सदस्यता छानबिनको काम सबैभन्दा ठुलो समस्या र धेरै विकृतिहरु भएका छन् । त्यसको अन्तिम लिष्ट बनाउनको लागि समय छ । विवादहरु भएको छ । त्यसले गर्दाखेरी थप विषेश परिस्थिति भएको कारणले निर्वाचन आयोगले पनि भनेको हुनसक्छ–अरु छ महिनासम्म पनि थप्न सकिन्छ भनेर भनेको मैले पनि मिडियामा देखेर भनेको निर्वाचन आयोगले के भनेको छ आधिकारिक रुपमा मलाई पनि थाहा छैन ।
कांग्रेसको नेतृत्वमा सरकार बनेको यत्तिका दिन भयो, मन्त्रिपरिषद् विस्तार अझैपनि हुन सकेन नि ? के काणले विस्तार गर्न सक्नुभएन ? तपाईँहरु कहाँ चुक्नुभयो ?
यो विषयमा अहिले म केही पनि भन्न सक्दिनँ । यो प्रधानमन्त्रीज्युले गर्ने हो । यसमा मुख्य कुरा के हो भने अहिले यो सरकार नेपाली काँग्रेसको मात्रै होईन । नेपाली काँग्रेसको नेतृत्व हो । तर सरकालाई सहयोग गर्ने थुप्रै पार्टीहरु छन । माओवादी केन्द्र, जनता समाजवादी पार्टी पनि छ त्यस्तै एमालेका कतिपय सांसद्हरु पनि छन् । त्यसकारण उनीहरुलाई पनि मन्त्री पदहरु दिनुपर्नेछ । एउटा संयुक्त सरकार बनाएर भाग लगाउनुपर्ने भएकोले यसकोलागि अलिकति समय लागेको हो । हिजो शुन्य पावर सेरिङको सल्लाह भैसकेको छ । फलानो पार्टीलाई यति, फलानो पार्टीलाई यति भनेपनि अब मन्त्रिपरिषद् पुर्ण बनाउनलाई भने धेरै समय लाग्दैन् । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य पार्टीभित्र पनि अरु साथीहरुसंग परमार्श गरेर आफनो पार्टीको मन्त्रिपरिषद्मा विस्तार गर्ने काम गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

मन्त्रिमण्डल विस्तारको लागि समय कति लाग्ला ?

होईन, दुई/चार दिनमा सकिन्छ भन्ने मेरो अनुमान छ ।

तर, तपाईँहरु त माधवकुमार नेपालको पर्खाईमा हुनुहुन्छ भन्ने चर्चा छ नि ?

पर्खाईमा भन्न सकिन्न, अहिले यसबारेमा परामर्श भैसकेको छ । मैले पनि मिडियामा पढ्दै थिएँ । तर, उहाँहरुले सरकारमा जोईन गर्दैनौं, अफबाह मिडियामा सुनेको छु । हो/होईन, यो विषयमा स्पष्ट भैसकेको छैनजस्तो लागेको छ ।

माधवकुमार नेपाललाई सरकारमा ल्याउन हिजो पनि प्रधानमन्त्री देउवाले पहल गर्नुभएको छ, माधवकुमार नेपाल समुहका नेताहरुले भन्नुभएको छ ढुक्क हुनुहोस् हामी सरकारमा जान्छौँ भनेर त्यसको लागि समय पनि घोषणा गरिसकेका छन् नि ?

जान्छौँ नै भनेका छन ?

हो, उहाँहरुले जान्छौँ नै भन्नुभएको छ । हामी एक÷दुई, तीन सरकारमा जान्छौँ र शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बलियो बनाउछौँ भनेर उहाँहरुले भनिसक्नुभएको छ ।

त्यो हो हो भने अझै समय लाग्छ । दुई÷चार दिन ढिला हुन्छ । जाने हो भने कति जाने हो भने उहाँहरु जान्ने कुरा हो ।

माधव नेपाल समूहले त छ वटा मन्त्रालय पाउँछौं भनेर भनिसकेको छ नि ?

छ वटा मन्त्रालय त गाह«ै होला । कति वटा मन्त्रालय हुने हो भनेर अहिले नै यत्तिकै भन्न सकिँदैन र भन्न सक्ने अवस्था छैन ।

अब तपाईँहरु बजेट नयाँ ल्याउदै हुनुहुन्छ अरे, हो ? अर्थमन्त्री जनार्दन शर्मासंग यसबारेमा तपाईँले पनि छलफल गर्नुभएको कुरा आएको छ नि ?

मैले त पहिल्यैदेखी नै भनेको यो बजेट अध्यादेशबाट पास गर्ने होईन । अध्यादेशलाई अबको विकल्पको रुपमा एउटा प्रतिस्थापन गर्नको लागि एउटा बजेट प्रिजन्टेशन गर्नुपर्छ भन्ने मेरो भनाई हो ।

त्यसो भए यो सरकारले नयाँ बजेट ल्याउनुपर्छ भन्ने यहाँको भनाई हो ?

नयाँ सरकारले नयाँ बजेट ल्याउनुपर्छ । किनभने विश्वासको मत प्राप्त गरेको सरकारले पुर्ण बजेट उसैले प्रस्तुत गर्नुपर्ने हो । योभन्दा अगाडिको कामचलाउ सरकारले पूर्ण बजेट उसैले प्रस्तुत गर्नुपर्ने हो । यसअघिको सरकारले अध्यादेशमार्फत बजेट ल्यायो । यो विधानअनुसार पनि होईन, यसकारण त्यसमा सर्वोच्च अदालतले पनि आलोचना गरेको थियो । अदालतले अध्यादेशबाट यत्रो बजेट पेश गर्ने होईन भन्यो । अब नयाँ सरकारले पूर्ण बजेट यो अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि नयाँ बजेट संसद्मा पेश गर्नु उचित हुनेछ ।

हिजो सर्वोच्च अदालतको प्रतिवेदन पढ्नुभयो कि भएन ? अदालतमा भष्टाचार भएको कुरा खोलेको छ ? हाम्रो देशको अदालतमा यस्तो भ्रष्टाचार किन हुन्छ ?

त्यो प्रतिवेदन हेरेको छैन । केको बारेमा भ्रष्टाचार हुन्छ ?

हरेक कुरामा भ्रष्टाचार भएको छ अरे ?

कतिपय मामिलामा नियुक्तिमा पनि भ्रष्टाचार भएका कुराहरु सुनिन्छन । त्यो जस्तो अपराध केही पनि होईन हेर्नुहोस् । नियुक्ति गर्नको लागि त म त के भन्छु भने उपयुक्त समयमा उपयुक्त व्यक्तिलाई उपयुक्त ठाउँमा नियुक्ति गर्नुपर्छ । कुनै मेरो पार्टीको मान्छे भनेर मात्रै होईन । अब प्रोफेश्नल कन्फिडेन्टको आधारमा क्षमताको आधारमा सही ठाउँमा सही नियुक्ति गर्नुपर्छ । राजनीतिक निकायको आधारमा मात्रै होईन । त्यसकारण सही मान्छेलाई मात्रै नियुक्ति गर्नुपर्छ ।

जनकपुरधाममा सार्वजनिक जग्गा व्यक्तिको नाममा हडपियो भन्ने समाचार छ, यस्तो किन हुन्छ भन्नुहोस् त ?

नियम तथा कानून मिचेर काम कसैले पनि गर्नुहुँदैन् । सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनु त्यो अपराधिक कार्य हो । त्यस्ता व्यक्तिहरुलाई सजाय हुन्छ । सजाय हुनुपर्छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्